Sunday, February 6, 2011

गोरखा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औ साधारण सभा


राजेन्द्र न्यौपाने
माघ २३  गोरखा । गोरखा जिल्ला सदरमुकामा सबैभन्दा पहिला खुलेको गोरखा विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले यो वर्ष एक लाख २८ हजार एकसय ८८ रुपैयाँ नाफा गरेको बताएको छ। 

संस्थाले छिट्टै लघुवित्त कार्यक्रम र कम्प्युटर प्रविधिबाट ग्राहकलाई छिटो छरितो सेवा दिने दावी गरेको छ । संस्थाको १० औ वार्षिक साधारण सभामा आयोजित कार्यक्रममा सस्थाका कार्यवाहक अध्यक्ष दमनबाबु श्रेष्ठले संस्थाले गरेको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो ।

संस्थाका सचिव रुशबाबु जोशीले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन निवर्तमान अध्यक्ष मेघ बहादुर मास्केले गर्नुभएको थियो । कार्यक्रममा उद्योगपति अच्युतलाल श्रेष्ठ, उद्योग वाणिज्यसंघका अध्यक्ष रामबाबु जोशी, लगायतले मन्तव्य राख्नुभएको थियो ।

No comments:

Post a Comment