Monday, February 7, 2011

लैङिगक विभेदमा आधारित हिँसा न्युनिकरणमा सञ्चार माध्यमको भुमिका विषयक अन्र्तक्रिया सम्पन्न

भावना  गुरुङ
माघ २४ सिन्धुली। लैङिगक विभेदमा आधारित हिँसा न्युनिकरणमा सञ्चार माध्यमको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पन्न भएको छ । ओरेक नेपालको सहयोग तथा महिला मानव अधिकार रक्षक संजालको आयोजनामा सम्पन्न कार्यक्रममा महिला मानव अधिकार रक्षक संजालकि अध्यक्ष गंगा दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

महिला मानव अधिकारकर्मि ओरेक नेपालकी श्याम कुमारि साहले महिलाका चुनौति का विषयमा तयार पारिएको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मिको उपस्थिसत रहेको थियो । उपस्थित सबैले महिला सम्बन्धि हुने हरेक कार्यक्रम सदरमुकाम मुखि भन्दा पनि गाउँ मुखि हुनुपर्नेमा जोड दिएका थिए ।

यसै वीच आजै ओरेक नेपाल र महिला मानब अधिकार रक्षक संजाल सिन्धुलीको आयोजनामा सिन्धुलीका राजनीतिक दलहरुसैग दिगो शान्ति र समतामूलक समाज निमार्णका लागि राजनीतिक दलहरुको भूमिका विषयक अन्र्तक्रिया कार्यक्रमा पनि सम्मपन्न भएको छ ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी सिन्धुलीका हरि बस्नेत , नेपाली काग्रस सिन्धुलीकी शुसिला थिङ, नेकपा एमालेका अर्जुन प्रधान,मानव अधिकार सरोकार केन्द्रका केन्द्रिय सदस्य विशवम्वर लामिछाने लगाएत सिन्धुलीका विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधीहरुको सहभागीता रहेको थियो । साथै दिगो शान्ति र समतामूलक समाज निर्माणमा आआफनो राजनीतिक दलको भूमिका र धरणा प्रस्तुत गर्दै सअभागीहरुको जिज्ञासामाथी  समेत राजनीतिक दलका प्रतिनीधिहरुले प्रकाश पार्नु भएको थियो दुवै कार्यक्रमको संचालन डब्लु डब्लु जे सिन्धुलीकी अध्यक्ष विमला पाण्डेले गर्नुभएको थियो ।

 

No comments:

Post a Comment