Friday, January 21, 2011

आरोहीको गाउँ वेदिङ बिजुलीले झलमल ।।

माघ ७, सगरमाथा ।
हिमाल आरोहीहरुको गाउँको रुपमा चिनिने गौरीशङ्कर१ वेदिङ गाउँ बिजुलीले झलमल भएको छ । स्थानीयहरुको आफ्नै पहलमा स्थानीय वेदिङसाङ्बूू खोलाबाट निकालिएको २२ किलोवाट विद्युतबाट वेदिङका ६५ घरधूरी झिलिमिली भएको हो । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र ऊर्जा क्षेत्र सहयोग कार्यक्रमको २६ लाख बराबरको प्राविधिक तथा निर्माण सामाग्री सहयोगमा बाँकी सगरमाथा आरोही दावाछिरी शेर्पाको पहलमा स्थानीयको श्रमदान जुटाएर निर्माण सम्पन्न गरिएको थियो । खोलामा बगेर गएको पानीबाट निकालिएको विद्युतबाट वेदिङको ६५ घर नागाउँका ६५ घर गरी १३० घरमा विद्युतीकरण गरिएको सगरमाथा आरोही दावाछिरी शेर्पाले बताउनुभयो । वेदिङलाई सगरमाथा आरोहीको गाउँ भनेर चिनिने र हिमाल आरोहण गर्नु आफूहरु सुविधा सम्पन्न ठाउँमा बस्ने बताउँदै उहाँले त्यही गाउँ भएर दैनिक सयौं पर्यटकहरु ओहोरदोहोर गर्ने तर गाउँ जस्ताको तस्तै भएर गाउँमा पनि केही गर्नु पर्छ भन बिजुली निकालेर बताउनुभयो ।   

No comments:

Post a Comment