Friday, April 13, 2012

इजरायलबाट नेपाली वेव पत्रिका संचालनमा




ज्ञानु बस्नेत, तेलअविव इजरायल, १ वैशाख । नयाँ वर्ष २०६९ को शुरूवात सँगै इजरायलबाट नेपाली वेव पत्रिका औपचारिक रूपमा संचालनमा आएको छ ।

विगतका दिनहरूमा स्वदेश तथा प्रवासमा विविध सहयोग, सामाजिक कार्यहरू लगायत अन्य मानवीय हितका कार्यहरू गर्दै आएको
इजरायलबाट सञ्चालित फेसबुक ग्रुप Nepalese In Israel पर्वतका पाँच बालबालिकालार्इ सहयोगको मोटो रकम जुटाएर अझ
चर्चाको विषय बनेको उक्त समुहले अब यो नयाँ वर्ष २०६९ बैशाक १ गते शुक्रबारदेखि आफ्नै अनलाइन पत्रिका सञ्चालनमा ल्याएको छ ।

जसको Homepage ठेगाना www.nepaleseinisrael.com रहेको छ भने आधिकारीक इमेल ठेगाना info@nepaleseinisrael.com रहेको छ ।

प्रवासी भूमि इजरायलमा रहेका सम्पूर्ण नेपालीहरूका सामाजिक गतिविधीहरू लगायत विचार भावना क्रियाकलापहरूलार्इ
आजको डिजिटल दुनियाँको माध्यमबाट अझै समेटी नेपाली नेपाली बीचको शक्ति एकता सामिप्यता कायमै राखी आपसी
सदभावलार्इ अझ प्रगाढ बनाइ राख्न सो वेव पत्रिका सञ्चालनमा ल्याइएको हो।

नेपाल र नेपाली समाज हितका लागि आगामी दिनहरूमा पनि यस्ता सहयोगका कामहरू नटुटोस भन्ने अटोठका साथ अगाडि बढेका इजरायलमा कार्यरत नेपालीहरू यो वेव पत्रिका संचालनमा आउँदा अत्यन्तै खुशी छन्।

No comments:

Post a Comment