गोरखा समचारदाता
चैत चैत २० गोरखा। उपभोक्ता हितको संरक्षण गर्ने नारा रटान गर्दै हिड्ने महासचिवले शनिवार दिउँसो गोरखाको होटल विसौनीमा उपस्थित नभएकाहरुलाई पनि उपभोक्ता हित संरक्षण समितिका महासचिव ज्योति वानियाँले गोरखामा समिति गठन गरि काठमाण्डौ फर्केका छन् ।
शनिवार विहान गोरखाकै गोर्खा ईन होटलको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका वानियाँले जिल्लाका केहीलाई मनोमानीमा कोठे मिटिङ्मा भेला गराई किसोरजंग थापाको अध्यक्षतामा ९ सदस्सीय समिति गठन गरेका छन् ।
उक्त कोठे भेलामा सहभागी नभएका एक सदस्यले आफुलाई सदस्यमा राखेको र सही गर्न वोलाए पछि मात्र सदस्य भएको थाहा पाएको नाम उल्लेख नगर्ने शर्तमा हामीलाई वताउनुभयो ।समितिमा रेडियो गोरखाका ४ संचारकर्मी रहेका छन् भने वाँकी सवै गैरसरकारी संस्थाका सदस्यहरु रहेका छन् ।
No comments:
Post a Comment