किरण राई
फागुन २२ धनकुटा। धनकुटाको लेगुवा गाबिस २ का जयबहादुर भण्डारीको घरमा आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।
आगलागीबाट २ वटा घर सहित एउटा कटेरो जलेर पूर्ण रुपमा नष्ट भएको छ । २ लाख ७० हजार भन्दा बढी नगद, साढे ३ तोला सुन, ४५ मुरी धान, ५ मुरी मकैलगायत धनसम्पति जलेर नष्ट भएको घरधनी जयबहादुरले बताउनुभयो ।
आगलागीमा परेर छिमेकीकोसमेत केही चौपयाहरु पनि मरेको स्थानीयबासीन्दाले बताएका छन् ।
No comments:
Post a Comment