Tuesday, April 12, 2011

आज शिक्षक दिवस

काठमाडौं, २९ चैत । नेपाली शिक्षकहरुको जेठो संस्था नेपाल राष्ट्यि शिक्षक सङ्गठन स्थापनाको ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा मङ्गलबार देशभर शिक्षक दिवस मनाइँदैछ ।

विसं २०३६ चैत २९ गते मकवानपुरको भुटनदेवी माविमा भएको भेलाबाट बद्रीप्रसाद खतिवडाको अध्यक्षतामा गठित सो सङ्गठनले आफ्नो पेसागतसँगै प्रजातान्त्रिक आन्दोलनमा सकि्रयता जनाउँदै आएको छ ।

हाल शिक्षकहरुका विभिन्न संस्था भएकाले सबै सङ्गठनले सोही दिनलाई स्थापना दिवस मान्ने विषयमा पनि सहमति हुन सकेको छैन ।

सङ्गठनका अध्यक्ष बाबुराम अधिकारीले स्थापना दिवसलाई शिक्षक दिवसका रुपमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिने जानकारी दिनुभयो ।

उहाँले यस अवसरमा सबै शिक्षकहरुलाई बधाइ दिनुभएको छ ।

No comments:

Post a Comment